तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्चको आदेश पछि मधेश प्रदेशका दुई सदस्यद्वारा शपथग्रहण

जनकपुरधाम । मधेश प्रदेशका समानुपातिक प्रदेशसभा सदस्यद्वय माला कर्ण र मो. रजि हैदरले पद तथा गोपनीयताको शपथ आज लिनु भएको छ । 

नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्यद्वय कर्ण र हैदरलाई सभामुख रामचन्द्र मण्डलले प्रदेश सभा सचिवालयमा पद तथा गोपनीयताको शपथ गराउनु भएको छ । 

प्रदेश सभा कर्णले मैथिली र हैदरले उर्दु भाषामा शपथ लिनु भएको छ । सर्वोच्च अदालतमा दुबै जना विरुद्ध मुद्दा परेपछि उहाँहरूको शपथ रोकिएको थियो । सर्वोच्चको आदेश आएपछि दुवै प्रदेश सभाका सदस्यहरुले शपथ लिनु भएको छ । 

नयाँ दुई जनाले शपथ लिएसँगै मधेस प्रदेशसभामा माओवादी केन्द्रको प्रदेश सभाका सदस्यहरूको सङ्ख्या ९ पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button