तपाईँ सुन्दै हुनुहुन्छः

नेमकिपाद्वारा प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने माग

काठमाडौं।नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विद्यमान कानुनअनुरूप प्रतिनिधिसभाको प्रमुख विपक्ष दलको मान्यता प्रदान गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्ष दल हुन नसक्ने जिकिर गर्दै विपक्षमा उभिएको आफ्नो दलले प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button