लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथग्रहण

रुपन्देही । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले शपथ ग्रहण गर्नुभएको छ ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा बुधबार प्रदेश प्रमुख अमिक शेरचनले सभामुख घर्तीलाई शपथग्रहण गराउनुभयो भने सभामुख घर्तीले उपसभामुख केसीलाई शपथ ग्रहण गराउनुभएको हो । माघ ३ गते उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको थियो ।

शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री लिला गिरी, मन्त्रीहरू, सांसदहरू र प्रमुख सचिवसहित विभिन्न मन्त्रालयका सचिवहरू सहभागी रहनुभएको थियो । लुम्बिनी प्रदेशमा सत्तारूढ दलको सहमति अनुसार नेकपा एमालेले मुख्यमन्त्री, माओवादीले सभामुख र राप्रपाले उपसभामुख पाएका थिए ।









प्रतिक्रिया राख्नुहोस्