तपाईँ सुन्दै हुनुहुन्छः

प्राविधिक शिक्षा आजको आवश्यकता : उपकुलपति गुरुङ

पोखरा । देशको लागि योग्य र सक्षम नागरिक उत्पादनका लागि प्राविधिक शिक्षा आजको आवश्यकता रहेको गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा. गणेशमान गुरुङले बताउनुभएको छ ।

पोखरा महानगरापालिका ३२ मा अवस्थित ब्रह्म रुपा माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहको उद्घाटन गर्दै उपकुलपति गुरुङले प्राविधिक शिक्षाले मात्र रोजगारी दिन सक्ने बताउनुभयो ।

कार्यक्रममा शैक्षिक सत्रका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

वि.स. २०१८ सालमा स्थापना भएको विद्यालयमा हाल ८ सय भन्दा बढी विद्यार्थी र ४७ जना शिक्षक कर्मचारी रहेका छन् । विद्यालयमा प्राविधिक विषयतर्फ कम्प्युटर इन्जिनियर अन्तरगत कक्षा ९ देखि १२ सम्म र साधारणतर्फ नर्सरीदेखि १२ कक्षा सम्म अध्यापन हुने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button