तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त रक्षामन्त्री उप्रेतीद्वारा पद बहाली

काठमाडौँ । रक्षामन्त्री हरि उप्रेतीले सिंहदरबारस्थित  रक्षा मन्त्रालयमा पदबहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले हार्दिक स्वगत अभिवादन गर्नुभयो ।

नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन गर्दै सचिव शर्माले मन्त्रालयको साथ, सहयोग र समन्वयन हुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीज्यूको नेतृत्वदायी भूमिकाले मन्त्रालयका लागि मात्र नभई समग्र राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता र राष्ट्रको हितका लागि महत्वपूर्ण सावित हुनेछ । राष्ट्रको समुन्नति र राष्ट्रियताका पक्षमा अझ बढी योगदान पुग्नेछ ।” 

रक्षा मन्त्रालयलाई राष्ट्रको समग्र हित, रक्षा, प्रतिरक्षा तथा नेपाली सेनासम्बन्धी कानुन, नीति, तर्जुमा, अनुगमन, निर्देशन, वार्षिक कार्यक्रम र बजेट तर्जूको जिम्मेवारी छ । 

मन्त्रालयमा चार वटा महाशाखा र ८३ कर्मचारीको दरबन्दी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button