मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
बारा । बाराको पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १ बैरियाका २२ वर्षीय ताहिद अन्सारी र २३ वर्षीय कासिम अन्सारी रहनुभएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
महागढीमाई नगरपालिका ९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा गए राति तीन जना सवार ना२६प २२९५ नम्बरको मोटरसाइकल दुर्घटना भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
मेला हेरेर फर्किइरहेको अवस्थामा मोटरसाइकल राति ९ बजे अनियन्त्रित भई थलही पुलमुनि खसेको थियो । दुर्घटनामा बैरियाकै २२ वर्षीय गुड्ड अन्सारी सामान्य घाइते भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्