विमान दुर्घटना: बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य जारी, चार जना अझै बेपत्ता
पोखरा।पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य गरिएको छ । बिहानै देखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिमले उद्धार तथा बेपत्ताको खोजी कार्य गरिरहेको हो ।
काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन–एन एएनसी एटीआर ७२–५०० विमान अवतरण गर्नु अघि सेती खोँचमा दुर्घटना भएको थियो । विमानमा चालक दलका चार जना सदस्य सहित ७२ जना सवार रहेकोमा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धार कार्यमा लागेको छ । आज बिहान १०ः ३० बजे सम्म ५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । विमानमा सवार ७२ जना मध्ये ६८ जनाको शव भेटिएको छ भने ४ जना अझै बेपत्ता छन् ।
विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आफन्तलाई जिम्मा लगाइने तयारी गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्