कर्णालीमा सभामुख चयनका लागि उम्मेदवारको मनोनयन दर्ता हुँदै

सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो सभामुखको लागि भोलि आइतबार निर्वाचन हुने भएको छ । पौष २५ गते बसेको प्रदेशसभा दोस्रो बैठकले भोलि (आइतबार) लाई सभामुख चयनको मिति तय गरेको हाे । सभामुखकाे उम्मेदवारीका लागि शनिबार साँझ ५ बजेसम्म मनोनयन दर्ताको अन्तिम समय सीमा तोकिएको छ ।
कर्णाली प्रदेशसभाका सचिव जिवराज बुढाथोकीका अनुसार शनिबार बिहान ११ बजे सांसदहरूको मतदाता नामावली प्रकाशन गरिने छ । मतदाता नामावली प्रकाशन पश्चात् साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता, उम्मेदवारको नामावली प्रकाशनको मिति तोकिएको छ भने, साढे ५ बजे उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको सचिव बुढाथोकीले जानकारी दिनु भयो ।
सत्ता साझेदार दल बिच यहाँ सभामुख नेकपा एमाले र उपसभामुख नेकपा माओवादी केन्द्रले लिने सहमती छ ।
सभामुख चयनका लागि आइतबार सञ्चालन हुने प्रदेशसभाको बैठकको अध्यक्षता नेपाली कांग्रेसका हिक्मतबहादुर विष्टले गर्नु हुने भएको छ । ज्येष्ठ सदस्य एमालेका विनोदकुमार शाह विनाविभागिय मन्त्रीमा नियुक्त हुनुभएपछि विष्टले बैठकको अध्यक्षता गर्न लाग्नुभएकाे हाे ।







प्रतिक्रिया राख्नुहोस्