चीनका आवासीय राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत चेन सङले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारी समक्ष राजदूत चेनले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्