तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । 

संसद्बाट विश्वासको मत पाउनुभएसँगै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । उहाँहरूबीच मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक  विषयमा छलफल भएको र बैठक अहिले जारी रहेको जनाइएको छ । 

यसअघि,  बुधबार साँझ ‌अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल उहाँको निवास बालकोट पुग्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button