तपाईँ सुन्दै हुनुहुन्छः

तरकारी खेतीबाट मनग्य आम्दानी

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर १ का मनोज मेहता तरकारी बेचेरै वार्षिक लाखौँ आम्दानी गर्दै आइरहेको छन् ।

२०७६ सालबाट बन्दाकोबी खेती गर्न थालेका मेहता अहिले बन्दाकोबी बेचेर वर्षमा ७ लाख आम्दानी गर्ने बताउनुहुन्छ  ।

पौरख गरे आफ्नै देशमा पनि केही गर्न सकिन्छ भन्ने उदाहरणका पात्र बनेको छन् मनोज मेहता तरकारी खेती गर्न थालेका ४८ वर्षीय मेहताले अहिले तरकारी बन्दाकोबी बेचेर वार्षिक रुपमा ५ देखि ७ लाख आम्दानी लिँदै आइरहेको मेहताले बताउनु भयो ।   

२०७६ सालभन्दा अगाडि मकै खेती गरेर जीविकोपार्जन गर्दै आइरहनु भएको मेहतालाई घरगर्जो टार्न धौधौ पर्नुका साथै मुस्किलले घरबारको समस्या झेल्नु परेको मेहताले सुनाउनु भयो । बन्दाकोबीको बिउ ब्याड राखेर चार कठ्ठा को बारीमा बन्दाकोबी उत्पादन गरेर १ लाख आम्दानी लिन सफल भएपछि तरकारी खेती गर्न तर्फ लागेको मेहताले बताउनु भयो ।  

अहिले मेहताको ३ वर्षको अन्तरालमा तरकारी खेतीबाट जीवन नै फेरिएको छ । निरन्तर तरकारी खेती गर्दै आइरहेका मेहताले अहिले वार्षिक रुपमा  देखि ७ लाखसम्म आम्दानी लिँदै आइरहेको छ । तरकारी खेती गरेरै मेहताले दुई बिघा जग्गा जोडी घर घडेरी पनि जोडेका छन् भने तरकारी बेचेर उहाँ अहिले लाखौँको मालिक बनेको छ । यस बर्ष पनि मेहताले भर्खरै प्रति केजी ४० देखि २० रुपैयाँले बन्दाकोबी बेचेर यसवर्ष ७ लाख बराबर आम्दानी लिएको र अझै टमाटर खेतीबाट राम्रो आम्दानी लिन सक्ने उहाँको तर्क रहेको छ । 

मेहताका छोराछोरी शिक्षासँगै फुर्सदको समयमा खेतीमा सघाउने गरिरहेका छन् । घरका सबै सदस्य तरकारी खेतीमा सघाइरहेका छन् । त्यसैगरी मेहताले तीन/चार वर्ष अगाडि उत्पादन गरेको तरकारी विराटनगर, दुहबी, इनरुवामा लगेर बेच्नुपर्ने बाध्यता रहेको बताउँदै हाल खेतबारीमा नै व्यापारीहरू बन्दा तथा अन्य तरकारी लिन आउने गरेको जानकारी दिनुभयो । 

अहिले बारीमै व्यापारी आउने हुँदा पहिलाको जस्तो दुख नरहेको बताउनुभयो । मेहताका परिवारका सदस्यले भने मूल्य स्थिरता नहुँदा किसानहरू मारमा पर्ने गरेको र सधैँ एकै किसिमको बजार मूल्यको व्यवस्था भएको भए किसानलाई सहज हुने बताए । किसानहरू सधैँ पालै पालो फर्ममा एकआपसमा सघाउँदै तरकारी रोप्ने देखि टिप्ने सम्म एक आपसको साथ सहयोग गर्दै काम गर्ने भएकाले कृषि मजदुर नपाउने समस्या नरहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button