तपाईँ सुन्दै हुनुहुन्छः

बाराका ६ वटा बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योग सिल

बारा । मापदण्ड विपरीत सञ्चालित बाराको ६ वटा बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योग सिल गरिएको छ । जिल्ला अनुगमन उपसमितिले अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका बालुवा प्रशोधन केन्द्र र क्रस उद्योगमा उपसमितिले सिल गरेको हो ।

ल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको संयोजकत्वमा गठित उपसमितिले शुक्र बारदेखि बाराका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगको अनुगमन थालेको हो । जिल्लाको १२ वटा उद्योग अनुगमन गर्ने क्रममा उपसमितिले कलैया उपमहानगरपालिका २४ स्थित जय मातादी बालुवा प्रशोधन केन्द्र, निजगढ ९ स्थित लालबकैया प्रशोधन केन्द्र, जीतपुरसिमरा १५ स्थित जय मातादी बालुवा प्रशोधन केन्द्र, बालगंगा बालुवा प्रशोधन केन्द्र, निजगढ ४ स्थित नेपाल क्रसर उद्योग र कोल्हबी २ स्थित गुगल कन्स्ट्रक्सनमा सिल गरेको हो ।

अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका, अनुमति लिइएको भन्दा फरक ढंगले सञ्चालनमा रहेका, दर्ता तथा नवीकरण पूरा नगरेका र राज्यलाई तिनुपर्ने कर नतिरेका ६ वटा प्रशोधन केन्द्र तथा क्रसर उद्योग सिल गर्नुका साथै विद्युतको लाइन काटिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button