चिसोमा विपन्नलाई कम्बल वितरण गर्दै नगर प्रमुख शाह
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाकानगर प्रमुख रजत प्रताप शाहले चिसो बढेसँगै नगरका विपन्न ज्येष्ठ नागरिकहहलाई कम्बल वितरण गर्नु भएको छ ।
नगरको ज्येष्ठ नागरिक सम्मानअन्तर्गतको वार्षिक कार्यक्रमअन्तर्गत नगरका विपन्न ज्येष्ठ नागरिकहरूलाई चिसोबाट बचाउन कम्बल वितरण गरिएको हो ।
बढ्दो चिसोका कारण ज्येष्ठ नागरिकहरूलाई असहज हुने हुँदा विपन्न वर्गका ज्येष्ठ नागरिकहरूलाई कम्बल वितरण गरिएको बताउनु भयो । शाहले नगरका करिब एक हजार बढी जेष्ठनागरिकलाई कम्बल वितरण कार्यक्रम राखिएको बताउनु भयो ।
कृष्णनगर नगरपालिकाको लक्षित वर्गको लागि छुट्टाइएको कार्यक्रमअन्तर्गत विपन्न वर्गका ज्येष्ठ नागरिकहरूलाई कम्बल वितरण कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले बताउनु भयो ।
नगरपालिकाको वडा नं. ८ र ९ का २ सय जना विपन्न ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको र अन्य बडाहरूमा वितरणको कार्यक्रम जारी रहेको शर्माले प्रमुख प्रशासकीय अधिकृत बताउनु भयो ।
चिसो मौसममा न्यानो कम्बल पाएपछि ज्येष्ठ नागरिकहरू पनि खुसी भएका छन्। कठ्याङ्ग्रिने चिसोमा नगर प्रमुख शाहले ज्येष्ठ नागरिकहरूको लागि न्यानो कम्बल वितरण गरी ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको स्थानीयहरूले बताउनुभयो ।
नागरिकको पहुँचको सरकार स्थानीय तह रहेकोले जनतासँग प्रत्यक्ष सरोकार राख्ने र नागरिकले स्थानीय तहको प्रत्याभूति गर्ने किसिमको कार्यक्रम सञ्चालन गर्दा नागरिक र स्थानीय तहको सम्बन्ध अझ बलियो बन्न सक्छ ।







प्रतिक्रिया राख्नुहोस्