तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार न्यूनिकरण र सुशासन कायम गर्न संसद् र मिडियाको भूमिका महत्त्वपूर्ण

काठमाडौँ । मुलुकमा सुशासन प्रवद्र्धन गर्न संसदीय समिति र मिडियाको भूमिका महत्त्वपूर्ण हुनेमा विज्ञहरूले जोड दिनुभएको छ । 

दिगो विकास तथा सुशासन समितिले आज समितिको हलमा आयोजना गरेको सुशासन प्रवद्र्धनमा संसद् तथा मिडियाको भूमिका सम्बन्धमा भएको छलफलमा सांसद, विज्ञ र पत्रकारहरूले मुलुकमा मौलाइरहेको भ्रष्टाचार न्युनिकरण गरी सुशासन कायम गर्न संसद् र पत्रकारिता क्षेत्रको दुवैको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिनुभयो । 

बैठकमा, सांसदहरु बामदेव गौतम, रमेशजंग रायमाझी, सिंहबहादुर विश्वकर्मा, कमला पन्त, विमला घिमिरे लगायतका सांसदहरुले भ्रष्टाचार अन्त्य नगर्दासम्म सुशासन कायम नहुने भन्दै यसमा संसद् र मिडिया दुवै जिम्मेवार बन्नुपर्ने र दुवै प्रश्न गर्ने ठाउँमा भएकाले मिलेर जानु आवश्यक रहेको औँल्याउनुभयो ।

पूर्व सचिव शारदा प्रसाद त्रिताल, पत्रकार हरिबहादुर थापा लगायतले भ्रष्टाचार नियन्त्रणका लागि मिडिया र सांसदहरुले सम्बद्ध पक्षसँग प्रश्न गरेर नै विषय बाहिर ल्याउने र नागरिकलाई सचेत बनाउँदै त्यसलाई नियन्त्रण गर्न सकिने बताउनुभयो । 

उहाँहरूले भ्रष्टाचार नियन्त्रण सम्बन्धी संवैधानिक र  कानुनी प्रबन्धहरूमा केही त्रुटि रहेकाले त्यसलाई सच्याएर अगाडी बढ्नु पर्नेमा जोड समेत दिनुभयो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button