४८ थान चिरान काठसहित पिकअप नियन्त्रणमा

इलाम । इलामको माई सब डिभिजन सुखानीको गस्ती टोलीले माई–५ को कुम्भीटारबाट साल जातको चिरान काठसहित पिकअप नियन्त्रणमा लिएको छ ।
आज बिहान २ः३० बजेतिर प्र१–०१–००१ च ९०३० नम्बरको पिकअपमा लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा ४८ थान (३७.०६ किवी) चिरान काठ बरामद गरिएको वन रक्षक लालबहादुर राईले बताउनुभयो ।
काठ ओसारपसारमा संलग्न देउमाई नगरपालिकाका दुई जना युवकलाई आवश्यक अनुसन्धानको लागि वन डिभिजन कार्यालय इलाम पठाइएको माई सब डिभिजन सुखानीका प्रमुख टेकेन्द्र विष्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्