न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन मस्यौदा कार्यदलको बैठक जारी : आजै प्रतिवेदन बुझाइने

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक अर्थमन्त्रालयमा सुरु भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहनुभएको कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिमरुप दिने जनाएको छ ।

बैठकले मस्यौदालाई अन्तिमरुप दिई आजै शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका कार्यदलका संयोजक विष्णु पौडेलले जानकारी दिनुभयो ।
सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलमा नेकपा एमालेबाट उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमशेर राणा र जनता समाजवादी पार्टी नेपालबाट रकम चेमजोङ सदस्य हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्