तपाईँ सुन्दै हुनुहुन्छः

भालुको आक्रमणमा परी एकजनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. २ सितापुरमा भालुको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।अन्दाजी ७९ वर्षका रामबहादुर भाट क्षेत्रीको भालुको आक्रमणमा परी मृत्यु भएको वडा अध्यक्ष रामबहादुर गोर्खा क्षेत्रीले बताउनुभयो ।

आज बिहानै भाडा बनाउन झिरा आउने क्रममा शितगंगा– २ ओखारीमा भालुले झम्टेको थियो । भालुले झम्टेको ठाउँमा स्थानीयहरू पुग्दा भालु सडकमै रहेको स्थानीयको भनाइ रहेको छ ।

स्थानीय बासीन्दा पुगेपछि भालु भागेको वडा अध्यक्ष क्षेत्रीले बताउनुभयो । घटनास्थलमा स्थानीय जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय ठाडा सहित स्थानीय बासिन्दाहरू जुटेका छन् । स्थानीय बासिन्दामा भालुको त्रास बढेको छ ।

शितगंगा नगरपालिकामा विगतमा पनि भालु,बधेल,चितुवा लगायतका जङ्गली जनावरबाट मानिसलाई आक्रमण हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button