तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक चिसो र बाक्लो कुहिरोले बाँकेको जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेमा दिनदिनै बढ्दै गएको चिसोले अप्ठ्यारो बनाएको जनजीवनमा बाक्लो कुहिरो र हुस्सुले झन् कष्ट थपेको छ । मौसम नखुल्दा जाडो बढिरहेको छ। भिजिबिलिटी घटिरहेको छ । 

चिसो बढेसँगै अस्पतालहरूमा रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढेका छन् । भेरी अस्पताल नेपालगञ्जमा बिरामीको चाप बढेको फिजिसियन एवम् अस्पतालका सूचना अधिकारी डा। सङ्केत रिसालले बताउनुभयो । भिजिबिलिटी घट्दा राँझा विमानस्थलबाट हुने उडानहरू अनियमित भइरहेका छन् । बाक्लो कुहिरो लागेको समयमा त उडान अवतरण हुन सकेको छैन ।

चिसोले निम्न वर्गका परिवार, बालबालिका, दीर्घ रोगी, मजदुर, ज्येष्ठ नागरिक लगायतलाई अत्यधिक समस्या भएको छ । चिसोबाट जोगिनका लागि मान्छेहरू सडक छेउँछाउँ, घर लगायत विभिन्न ठाउँमा आगो तापिरहेका देखिन्छन् । घाम नलाग्दा दिनहुँ तापक्रम घट्दै गएको छ । मध्यान्हमा समेत नेपालगञ्जको तापक्रम १३ डिग्री सेल्सियस छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button