ओली र भट्टराईबीच बालकोटमा भेटवार्ता
काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच सोमवार वर्तमान राजनीतिक विषयमा भेटवार्ता भएको छ ।
सोमवार साँझ बालकोटस्थित ओली निवास पुग्नुभएका भट्टराई र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश, सत्ता गठबन्धनबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।
दुई अध्यक्षबीच सरकारको प्रभावकारिता, सरकारले लिने विश्वासको मत, सरकार सञ्चालन, नीति तथा कार्यक्रमको तयारीबारे छलफल भएको सचिवालयले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्