तपाईँ सुन्दै हुनुहुन्छः

खुल्ला ब्याडमिन्टन प्रतियोगितामा थापाको टिम प्रथम

बैतडी । पुषे १५ पर्वको अवसरमा बैतडीमा आयोजना गरिएको खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आनन्द सिंह थापा र कैलाश थापाको टिम प्रथम भएको छ भने, राज बहादुर बोहरा र प्रकाश बिस्टको टिम दोस्रो भएको छ । 

यसैगरी दिनेश ठगुन्ना र चन्द्र सिंह डोबालको टिम तृतीय हुँदा अङ्कित जोशी र हरिश भण्डारीको टिमले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । 

प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र दोस्रो हुनेलाई नगद १०हजार मेडल र प्रमाणपत्र तथा तेस्रो र सान्त्वना हुने टिमलाई नगद रु ५ हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

खेलकुद विकास समितिका दशरथचन्द नगर अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि दशरथचन्द नगरपालिकाका मेयर पुष्कर राज जोशी (लख्खाभाई) रहेका थिए भने विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी रहेका थिए । 

उक्त कार्यक्रममा ७ जना राष्ट्रिय खेलाडीहरूलाई सम्मान गरिएको छ । सम्मान गरिनेमा सरप ठगुन्ना, दौलत खत्री, जनक राज भट्ट, लक्ष्मी राज भट्ट, गोवर्द्धन राना,चन्द्र सिंह ठगुन्ना र राज ब बोहरा रहेका छन् । उनीहरूलाई दोसल्ला र कदर पत्रले सम्मान गरिएको हो ।

पुषे १५ पर्व बैतडी सहित सुदूरपश्चिममा “ठुली रात” पर्वमा रुपमा समेत विशेष तवरले मनाइन्छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button