तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रावती गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।

इन्द्रावती गाउँपालिकाको नवलपुरस्थित नवलपुर प्राथमिक अस्पतालमा आज एक कार्यक्रमबिच गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आँखा उपचार केन्द्रको उद्घाटन गर्नुभयो । इन्द्रावती गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानको समन्वयमा नवलपुरमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो ।

गाउँठाउँकै अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै स्थानीय खुसी भएका छन् । आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै इन्द्रावती गाउँपालिकाका सर्वसाधारणलाई आँखाको सामान्य जाँच तथा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको नेपालले बताउनुभयो । अस्पताल सञ्चालनमा आएसँगै स्थानीयको आर्थिक भार समेत कम हुने भएको छ ।

आवश्यकता र स्रोतले भ्याएसम्म स्वास्थ्य सेवालाई सहज बनाउने नेपालले प्रतिबद्धता व्यक्त गर्नुभयो । पहिला चौतारा, मेलम्ची तथा काठमाडौँ जान बाध्यता रहेको अब सहज हुने नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति राजेन्द्रमान ताल्चाभडेँलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button