तपाईँ सुन्दै हुनुहुन्छः

प्रभु साहको नेतृत्वमा आम जनमत पार्टी गठन

काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाडौंमा आज सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनमत पार्टी घोषणा गरेको हो ।

भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टीको प्रदेश अध्यक्ष, सचिव र इञ्चार्जको जिम्मेवारीसमेत तोकिएको छ । नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका साह गत मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र ३ बाट निर्वाचित हुनुभएको थियो ।

आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसात गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन नयाँ पार्टी गठन गरिएको अध्यक्ष साहले बताउनुभयो ।

यसैबीच साहको अध्यक्षतामा बसेको विस्तारित वैठकले स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा सहभागी भई स्वतन्त्र उम्मेदवार जिताउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

पार्टीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आमजनता पार्टीको अन्तरिम विधान २०७९ लाई पारित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button