तपाईँ सुन्दै हुनुहुन्छः

जसपा संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित 

काठमाडौँ । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित हुनुभएको छ । 

संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो । 

यसअघि दलको नेताका लागि सांसद अशोक राई र राज किशोर यादवले पनि दाव गर्नुभएको थियो । 

कुल १२ सांसद रहेको जसपामा निर्वाचनबाट नेता छान्नुको सट्टा सर्वसम्मत चयन गर्न सांसदहरूबिच सहमति भएपछि यादव निर्विरोध हुनुभएको हो ।

सांसद यादव बारा क्षेत्र नं. २ बाट नेकपा एमालेको समर्थनमा निर्वाचित हुनुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button