रेडियो नेपालबाट बिमा सचेतना कार्यक्रम प्रसारण गर्ने सम्झौता
काठमाडौँ । रेडियो नेपाल र नेपाल बिमा प्राधिकरणबिच रेडियो नेपालबाट बिमा सचेतना कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार रेडियो नेपालले नेपाल बिमा प्राधिकरणसँगको सहकार्यमा हरेक हप्ता १५ मिनेटको बिमा सचेतना कार्यक्रम उत्पादन गरि प्रसारण गर्ने छ। कार्यक्रम रेडियो नेपालबाट प्रत्येक आइतबार बिहान ७ः २५ बजे प्रसारण हुनेछ।
सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले हस्तान्तरण गर्नुभयो ।

त्यस्तै, मिर्गौला रोगसम्बन्धी सचेतना जगाउने कार्यक्रम उत्पादन र प्रसारण गर्ने सम्बन्धमा मिर्गौला बचाउ अभियानका संयोजक डा ऋषिकुमार काफ्लेसँग पनि छलफल भएको छ।
त्यस अवसरमा डा. काफ्लेले नेपालमा मिर्गौला रोगसम्बन्धी समस्या ठूलो समस्याको रुपमा रहेकोले नागरिक सचेतना आवश्यक रहेको बताउनुभयो।
छलफलमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले जनस्वास्थ्यसम्बन्धी विषयलाई प्रसारणमा प्राथमिकता दिँदै आएको बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्