काँग्रेसद्वारा २२ गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।
काँग्रेसले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यही पौष २२ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको हो ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था तथा हालै सम्पन्न निर्वाचनको समीक्षा गरिने नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनपछि नेपाली काँग्रेसले पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।







प्रतिक्रिया राख्नुहोस्