तपाईँ सुन्दै हुनुहुन्छः

एमाले गण्डकी: संसदीय दलको नेतामा अधिकारी सर्वसम्मत चयन

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले अधिकारीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

दलको नेतामा चयन भएसँगै सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै अधिकारीले प्रदेशमा रहेका अन्य राजनीतिक दलहरूसँग समेत छलफल गर्ने बताउनुभयो ।

यससँगै पूर्व गृहमन्त्री समेत रहनुभएका अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री हुने बाटो खुल्ला भएको छ । केन्द्रीय राजनीतिमा समीकरण बदलिएका कारण अधिकारीलाई मुख्यमन्त्रीको रुपमा हेरिएको छ ।

अधिकारी कास्की क्षेत्र नम्बर १ को क बाट गठबन्धनका साझा उम्मेदवार माओवादीका दिपक कोइरालालाई पछि पार्दै विजयी हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button