नेपालका स्रष्टाहरू तिर्थ जस्तै : केपी शर्मा ओली

कास्की । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका स्रष्टाहरू नै तीर्थहरू रहेको बताउनुभएको छ ।
पोखरामा बिहीबारदेखि जारी नेपाल लिटलेचर फेस्टिभलमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका शर्माले कला साहित्य र सङ्गीतमा आफ्नो औधी रुचि रहेको बताउनुभयो ।
राजनीतिभन्दा फरक प्रसङ्गमा गरिएको कुराकानीमा नेकपा एमालेका अध्यक्ष ओलीले देशका कला साहित्यका स्रष्टाहरूले धार्मिक कार्यमा जाने तिर्थ जस्तो रहेको बताउनुभयो ।
कार्यक्रममा उहाँले जेल जीवनमा साहित्यतर्फ गोल घरबाट नै सुरु गरेको बताउनुहुँदै समाज रूपान्तरणमा साहित्यले ठुलो भूमिका रहेको उल्लेख गर्नुभयो ।।
उहाँले पोखराको जेलमा रहेका बेला लेखिएको खुपार्न कवितामा आफु पात्र भएर लेखेको भन्दै पञ्चायतकालमा जहाँ साहित्य सिर्जना भयो त्यही स्थानमा छोडेर जाँदा धेरै कृतिहरू हराएको बताउनुभयो ।
जेलभित्र रहँदा १६ खण्डसम्म लेखिएको महाकाव्य नै जेलरले खोसेर लगेको भन्दै रात्रीकाली समयका अहिले पनि अध्ययन गर्ने गरेको बताउनुभयो ।
महोत्सवमा दोस्रो दिन आज विभिन्न सेसनमा साहित्य, कला, संस्कृति तथा समाजका विविध पक्षबारे बहस भइरहेको छ । महोत्सवमा पोखरा आसपाससँगै अन्य जिल्लाबाट पनि साहित्य प्रेमीहरूको सहभागिता रहेको छ ।
महोत्सवमा विभिन्न देश÷विदेशबाट दुई सय जना साहित्यकार, राजनीतिकर्मी, लेखक, पत्रकार, कलाकार पोखरा पुगेका छन्। महोत्सवमा ५० वटा सेसन र साङ्गीतिक कार्यक्रम हुनेछन्। ।
पुस ६ गतेदेखि महोत्सव सुरु भए पनि दुई दिनदेखि साहित्य बहस तथा छलफल चलिरहेका छन् महोत्सव पुस ११ गतेसम्म चल्ने छ ।






प्रतिक्रिया राख्नुहोस्