तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसको बागमती प्रदेश संसदीय दलमा पनि निर्वाचन, समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन प्रक्रिया शुरु गरेकै दिन बागमती प्रदेशको दलको नेता चयन गर्नका लागि पनि निर्वाचन गरिने भएको छ ।

कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय निर्णयसँगै प्रक्रिया शुरु भएको छ ।

कार्यसम्पादन समितिको बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि बागमती प्रदेश समितिका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा समिति गठन गरेको छ ।

सो समितिमा प्रदेशका महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सदस्य सानु श्रेष्ठ रहेको प्रवक्ता तिलक रुवालीले जानकारी दिनुभयो।

बागमती प्रदेशको संसदीय दलको नेतामा इन्द्र बानियाँ र बहादुर सिंह लामाले दाबी गर्दै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button