तपाईँ सुन्दै हुनुहुन्छः

झापामा जङ्गली हात्ती नियन्त्रणका लागि पहल सुरु

भद्रपुर, झापा ।  झापाको मेचीनगर नगरपालिकामा जङ्गली हात्ती नियन्त्रणका लागि पहल शुरु भएको छ ।

विगत लामो समयदेखि भारत तथा नेपालका अन्य क्षेत्रबाट आएका जङ्गली हात्तीको समस्या झेल्दै आएका मेचीनगरवासीको समस्यालाई मध्यनजर गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको समन्वयमा मेचीनगर क्षेत्रभित्र हात्ती नियन्त्रणका लागि पहल शुरु भएको हो । 

पहिलो चरणमा हात्ती पस्ने गौडा र बाटोमा फेन्सिङ तारबार लगाउने कार्य अगाडि बढाइएको नगरप्रमुख बुढाथोकीले जानकारी दिनुभयो । पहिलो चरणमा नगरको १५ किलोमिटर क्षेत्रमा फेन्सिङ सोलार तारबार लगाइनेछ । 

३ करोडको लागतमा चारआली खण्डमा ६ किमी र बाँसबारी सामुदायिक वन र कालिका सामुदायिक वनको सिमानाबाट टिमाई खोलासम्म ९ किमी क्षेत्रमा फेन्सिङ तारबार लगाउने कार्य अगाडि बढाइएको छ ।

नगरप्रमुख बुढाथोकीले मेचीनगर क्षेत्रमा बाहुनडाँगीदेखि चारआलीसम्म १५२ किमी फेन्सिङ तारबार लगाउने योजना भएको बताउँदै बाँकी रहेको स्थानमा दोस्रो चरणमा कार्य अगाडि बढाउने जानकारी दिनुभएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button