सिन्धुपाल्चोकमा ७ पत्रकार पुरस्कृत
सिन्धुपाल्चोक । नेपाल पत्रकार महासङ्घ, सिन्धुपाल्चोकले २८ औँ साधारण सभाको अवसरमा २ जनालाई सम्मानसहित ७ जना पत्रकारलाई पुरस्कृत गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लामा क्रियाशील ९ जना पत्रकारहरूलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

सुकुटेमा आयोजित सभामा सिन्धु पत्रकारिता सेवा सम्मानबाट माधव नेपाल, स्व.ईश्वरीमान (राम केसी) स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु न्यौपानेलाई सम्मान गरिएको हो । कन्चन ज्ञानेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट डम्बर रसिक भारती पुरस्कृत हुनुभएको छ ।
त्यस्तै स्व. दुर्गा प्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट कला अनुरागी, स्व. रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कारबाट बिमल नेपाल, स्व. पवित्रा घिमिरे रेडियो पत्रकारिता पुरस्कारबाट टीका दाहाल, स्व.नानीराम नेपाल स्मृति पत्रकारिता पुरस्कारबाट दुर्गा दुलाल, जुगल नवोदित पत्रकारिता पुरस्कारबाट कमला पाख्रिन र सर्वपक्ष पत्रकारिता पुरस्कारबाट सुन्दर शिरीषलाई समान गरिएको महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिनुभयो ।
पुरस्कारको राशि पाँच हजार पाँच सय ५५ रुपैयाँ रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्