गणतन्त्र साईप्रसका लागि गैरआवासीय राजदूतमा रिजाल नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र साईप्रसका लागि गैरआवासीय नेपाली राजदूतमा कान्ता रिजाललाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत रिजाललाई गणतन्त्र साईप्रसका लागि समेत राजदूतमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजरायलका लागि नेपालको आवासीय राजदूत रिजाललाई गणतन्त्र साईप्रसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।









प्रतिक्रिया राख्नुहोस्