तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुख मिश्र समक्ष आयोगले बुझायो प्रतिवेदन

जनकपुरधाम । मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रसमक्ष निर्वाचन आयोगले प्रदेश सभा निर्वाचन परिणामको प्रतिवेदन बुझाएको छ ।

निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले प्रदेश प्रमुख मिश्रलाई मधेश प्रदेशको सम्पूर्ण निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्दै प्रदेश सभामा यस पटक १० वटा दलले प्रवेश पाएको बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिम प्रक्रिया पुरा गरि समानुपातिक निर्वाचनको अन्तिम नतिजा प्रकाशित भएको ७ दिन भित्रमा प्रदेश प्रमुख समक्ष प्रतिवेदन बुझाउने काम भएको आयोगका सदस्य राणाले बताउनुभयो ।

सात वटै प्रदेशमा प्रदेश प्रमुख समक्ष प्रतिवेदन भौतिक रुपमा नै बुझाउने आयोगको निर्णय अनुसार प्रमुख आयुक्तसहित सबै आयुक्तहरूले सात वटै प्रदेशमा पुगेर प्रतिवेदन बुझाउने काम भएको आयुक्त राणाले जानकारी दिनुभयो ।

मधेश प्रदेशमा प्रत्यक्ष तथा समानुपातिक तर्फ गरी १०७ जना सदस्य निर्वाचित भएकोमा ६७ जना पुरुष अर्थात् ६१ प्रतिशत र ४० जना महिला अर्थात् ३९ प्रतिशत प्रतिनिधित्व भएको छ । मधेश प्रदेशमा पहिलो निर्वाचन हुने निर्वाचन प्रणालीतर्फ ३७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३६ राजनीतिक दल निर्वाचनमा सहभागी रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button