तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व स्वास्थ्य सचिव लोहनी सामाजिक सेवामा

गोरखा । स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त सचिव डा.गुणराज लोहनी अवकाश पछिको समय गोरखा अस्पतालमा सामाजिक सेवामा खटिनुभएको छ । 

गोरखा अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट रहनुभएका डाक्टर लोहनीले अवकाश पछिको तीन महिना गोरखामा रहेर सेवा गर्ने बताउनुभएको थियो । 

उहाँले आज गोरखा नगरपालिका वडा नम्बर ८ स्थित आमडाँडामा वृद्धवृद्धाहरुको स्वास्थ्य जाँच गराइरहनुभएको छ । 

डाक्टर लोहनीले गोरखा अस्पताललाई ५० शय्याको अस्पताल बनाउनुका साथै अस्पतालमा रक्तसञ्चार सेवाको थालनी समेत गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button