अदालतबाट दोषी ठहर भएका अभियुक्त धनुषामा पक्राउ

जनकपुरधाम । अदालतबाट दोषी ठहर भई फरार भएका एक जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।
धनुषा जिल्लाको साविक भूतही पटेर्वा गाउँपालिका वडा नंं १ का सुखदेव दाहा धानुकको जाहेरीमा नेपाल सरकार प्रतिवादी रहेका र धनुषा जिल्ला अदालतबाट पाँच वर्षको कैद सजाय पाएका दिनेश दाहा मण्डल भन्ने निदेश कुमार दाहा मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनु भएको छ ।
धनुषा जिल्ला अदालतबाट २०७७ चैत्र २४ गतेको फैसलाबाट ५ वर्ष कैद हुने सजाय सुनाए पनि उनी फरार रहेकोमा विशेष सूचनाको आधारमा प्रहरीले हिजो पक्राउ गरेर अदालतमा पठाएकोमा अदालतको आदेशमा कैद भुक्तानीका लागि जलेश्वर कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्