तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुराबाट ६ जना सांसद

डडेलधुरा । प्रतिनिधि र प्रदेश सभा गरेर डडेल्धुरामा ६ जना सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ ।

डडेल्धुरा जिल्लाबाट दुई जना प्रतिनिधि सभा र ४ जना प्रदेश सांसदका रुपमा प्रतिनिधित्व हुने गरी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा.आरजु राणा देउवा प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ भने सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादीका तर्फबाट क्षेत्र नं १ बाट खगराज भट्ट र प्रदेश २ बाट स्वतन्त्रका डा.तारा प्रसाद जोशी निर्वाचित हुनुभएको हो । समानुपातिकबाट नेपाली काँग्रेसकी महिला नेतृ सरस्वती खड्का र नेकपा माओवादीबाट गीता माल मनोनीत हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button