आजबाट निर्वाचन आचारसंहिता लागू नहुने

काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि जारी आचारसंहिता आजबाट लागू नहुने भएको छ ।
आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको र सोको आज मङ्सिर २६ गतेदेखि लागू नरहने निर्णय भएको आयोगले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
आयोगले सो निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराएको जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम मिति २०७९ असोज १२ देखि सो आचारसंहिता मुलुकभर लागू गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्