चितवनमा एम्बुलेन्स र अटो ठोक्किँदा ६ जना घाइते

चितवन । चितवनमा एम्बुलेन्स र अटो आपसमा ठक्कर खाँदा ६ जना घाइते भएका छन् । आज दिउसो ३ बजेर २० मिनेटमा भरतपुर महानगरपालिका वडा नम्बर १ आंँपटारीमा नारायणगढबाट काठमाडौँ तर्फ आइरहेको ना २ च ६३७८ नम्बरको एम्बुलेन्स र रामनगरबाट नारायणगढ तर्फ जाँदै गरेको ना २ ह २८६२ नम्बर अटो आपसमा ठोक्किएको हो ।
दुर्घटनामा अटोमा सवार चालक भरतपुर महानगर पालिका वडा नम्बर ८ क सूर्य बहादुर खुलाल, उनकी श्रीमती अन्जु तामाङ छोरा किरण खुलाल घाइते भएका छन् । अन्य घाइतेमा खैरहनी नगरपालिका वडा नम्बर ११ का रञ्जु लामा , उनकी श्रीमान् सूर्य बहादुर गुरुङ र छोरी खुशी गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीहरुलाई उपचारको लागि चितवन मेडिकल पठाइएको र सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्