राजस्व चुहावटको आरोपमा एक जनाविरुद्ध मुद्दा दायर
बारा । राजस्व चुहावटको आरोपमा राजस्व अनुसन्धान विभागले बाराका एक जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले बाराको करैयामाई गाउँपालिका ८, बेलाहीका सरोज मिया मंसुरविरुद्ध राजस्व चुहावटको आरोपमा मुद्दा दायर गरेको हो ।
ईलाका प्रहरी कार्यालय हंसपुरको टोलीले पोखरा महानगरपालिका वडा नं.२७ तालचोकस्थित पृथ्वी राजमार्गबाट मियालाई पक्राउ गरेको थियो । बिल बिजक तथा भन्सार प्रज्ञापन पत्र लगायतका कागजात नभएको अवस्थामा ४१३ तोला ५२ लाल चाँदीका विभिन्न किसिमका गहना र नगद नेपाली रुपैयाँ ५७ हजार रुपैयाँ बरामद गरी थप अनुसन्धानका लागि विभागमा पेश गरेको थियो ।
सोबारे अनुसन्धान गर्दा मंसुरले राजस्व चुहावट गरेको पुष्टि भएको जनाइएको छ । उनीविरुद्ध ५ लाख २४ हजार ८७५ रुपैयाँ बिगो र सजायको माग दाबीसहित विभागले उच्च अदालत पाटनमा शुक्रबार मुद्दा दायर गरिएको विभागले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्