तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा काङ्ग्रेसकी गुरुङ विजयी

म्याङ्लुङ । तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसकी उम्मेदवार सीता गुरुङ विजयी हुनुभएको छ ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा गुरुङले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय सुब्बालाई पराजित गर्नुभएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार विजयी हुनुभएकी काङ्ग्रेसकी गुरुङले १९ हजार सात सय दुई मत प्राप्त गर्नुभयो । एमालेका उम्मेदवार सुब्बाले १८ हजार छ सय २३ मत ल्याउनुभयो । दुवै जनाबीच एक हजार ७९ मतान्तर रहेको छ ।
यसअघि गुरुङ २०७४ सालको निर्वाचनमा स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतान्तरले पराजित हुनुभएको थियो । गुरुङ दोस्रो प्रयासमा विजयी हुनुभएको हो । खापुङले भने यस पटक टिकट पाउनुभएन ।
एमाले उम्मेदवार सुब्बा २०४८ र २०५६ सालको निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।
विसं २०७४ सालको स्थानीय तह चुनावमा पाँच पालिका जितेको एमालेले गत वैशाखमा सम्पन्न पालिका चुनावमा भने तीन पालिका मात्रै जितेको छ । कुल ७१ हजार नौ सय ३३ मतदाता रहेका जिल्लामा ४१ हजार एक सय ८० जनाले मतदान गरेका थिए । रासस







प्रतिक्रिया राख्नुहोस्