ओखलढुङ्गामा गठबन्धन विजयी
काठमाडौँ। ओखलढुङ्गामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य दुवैतर्फ सत्ता गठबन्धनका उम्मेदवारले जित हासिल गर्नुभएको छ ।
बुधबार सम्पन्न मतगणनाको परिणामअनुसार प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा तथा प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर १ मा प्रदीपकुमार सुनुवार र क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बाबुराम गौतम निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत टीकाराम आचार्यले पुष्टि गर्नुभयो ।
“प्रतिनिधिसभा र प्रदेशसभा सदस्य दुवैतर्फ गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभामा रुख चिह्न तथा प्रदेशसभातर्फ क्षेत्र नं १ मा रुख र क्षेत्र नं २ मा गोलाकारभित्र हसिँया हतौडा चुनाव चिह्न भएका उम्मेदवार निर्वाचित हुनुएको छ”, आचार्यले भन्नुभयो ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका खतिवडाले ३३ हजार पाँच सय ५६ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का यज्ञराज सुनुवारले २६ हजार सात सय ३८ मत प्राप्त गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्