काठमाडौँ ९मा एमालेका श्रेष्ठ दश हजार चार सय मतले अघि
काठमाडौँ Iकाठमाडौँ क्षेत्र नं ९ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कृष्ण गोपाल श्रेष्ठ अगाडि हुनुहुन्छ । निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उहाँले दश हजार चार सय ९० मतले अग्रता कायम राख्नुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले नौ हजार दुई सय ६५ मतले दोस्रो स्थानमा हुनुहुन्छ भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )की कल्पना धमलाले पाँच हजार छ सय ४२ मत प्राप्त गर्नु भएको छ । अहिलेसम्म र ३७ हजार नौ सय ४९ मतगणना भएकामा एक हजार पाँच सय ९२ मत बदर भएको छ ।








प्रतिक्रिया राख्नुहोस्