तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तु ३ मा मतगणना सुरु

कपिलवस्तु ।  कपिलवस्तुको क्षेत्र न ३ मा मतगणना सुरु भएको छ । 

प्रत्यक्षतर्फ प्रतिनिधिसभाको मत गणना सुरु भएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताउनुभयो ।

पहिलो ४ पेटिका खुलेको जसमध्ये उदयपुर वडा कार्यालय, भलवारि ,धर्मशाला गणेशपुर  र कृषि सामाग्री केन्द्र बहादुरगन्ज मत गणन सुरु भएको छ । मतगणना साढे ११ बजे बाट सुरु भएको जनाइएको छ ।

प्रतिनिधितर्फ सत्ता गठबन्धनबाट अभिषेक प्रताप शाह, नेकपा एमाले बाट मङ्गल गुप्ता,जनता प्रगतिशील पार्टी बाट ईश्वर दयाल मिश्र, राप्रपाबाट प्रकाश रजौरिया बिचा प्रतिस्पर्धा रहेको जनाइएको छ । 

कपिलवस्तु क्षेत्र नं ३ मा कुल १ सय ४६ मतदान केन्द्र रहेको थियो । मतदानस्थल  ७२ स्थल रहेको तोकिएको छ । 

क्षेत्र नं ३ मा कुल १ लाख १५ हजार ५ सय  ४३ मतदाता सङ्ख्या रहेको छ ।  पुरुष ६२ हजार २सय २२ रहेका छन् भने  महिला ५३ हजार ३ सय २१ रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button