तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देही क्षेत्र नम्बर ५ को मतगणना सुरु

रुपन्देही ।रुपन्देही क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ ।सर्वदलीय बैठकको सहमतिपछि गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गणना सुरु भएको हाे ।

अहिले कार्यालयमा तीन ठाउँमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख चिन्तामणि शर्माले जानकारी दिनुभयो ।यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका भरतकुमार शाह र नेकपा एमालेका वासुदेव घिमिरे मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रदेश सभा सदस्यमा गठबन्धनका फखरुद्धिन खान, एमालेका भूमिश्वर ढकाल, विनोद पहाडी रामचन्द्र यादव लगायत प्रतिस्पर्धामा हुनुहुन्छ । एक लाख २९ हजार १३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार ७३६ मत खसेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button