डडेल्धुराका सबै मतपेटिका सदरमुकाम आइपुगे,११ बजे डाकियो सर्वदलीय बैठक
डडेल्धुरा। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सबै मतपेटिका आज १० बजे जिल्ला सदरमुकाम आइपुगेका छन् । परशुराम नगरपालिकाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएसँगै सबै मतपेटिका सदरमुकाम आइपुगेका हुन ।
डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार यहाँको सडकको दुरवस्थाका कारण मतपेटिका ढिला गरी जिल्ला सदरमुकाम ल्याइएको हो । ‘जिल्लाभरका सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ,’ उनले भने, ‘११ बजे सर्वदलीय बैठक बोलाएका छौँ । त्यसपछि मतगन्न थाल्छौँ ।
उनका अनुसार प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेका डडेलधुरामा ५६.६४ प्रतिशत मत खसेको छ । ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिनुभयो ।
प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बिपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाही लगायत ८ जना उम्मेदवार छन् ।








प्रतिक्रिया राख्नुहोस्