सल्यानमा ५३ प्रतिशत मत खस्यो
सल्यान । सल्यानमा ५३ दशमलव २७ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुरुष ४० हजार २१ र महिला ४४ हजार १ गरि ८४ हजार २२ मत खसेको छ ।
एक प्रतिनिधि र २ प्रदेश सभा रहेको सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता रहेका छन् । प्रदेश सभा (क) मा ७८ हजार ६ सय ६८ र प्रदेश सभा (ख) मा ७९ हजार ३३ मतदाता रहेका छन् ।
२०२ मतदान केन्द्र रहेको सल्यानमा मतदान सकिए सँगै मत पेटिका सदरमुकाम ल्याउने तयारी भई रहेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्