तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा किरियापुत्रीले गरे मतदान 

कपिलवस्तु  । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ मा किरियापुत्रीले मतदान गरेका छन्। 

 शिवराज नगरपालिका ९ शिवगढी रहेको शिवगढी आधारभूत विद्यालय बिजगौरी मतदान केन्द्रमा तिन जना किरियापुत्रीले मतदान गरेका हुन्। 

बुवा फिर्ते गिरिको निधनको शोकमा किरिया बसेका छोराहरू दुर्गा गिरि, सुर्या गिरि र श्रीमती उमा गरिले  मतदान गरेका छन् । 

एक मतले सक्षम व्यक्ती हार्न सक्ने भएकोले दुखद घडीमा पनि मतदानमा सहभागी भएको छोरो सूर्य गिरिले बताउनुभयो । फिर्ते गिरिको दुई दिनअघि निधन भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button