तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा १०५ वर्षका पुरुष र ९८ वर्षकी महिलाद्वारा मतदान

जनकपुरधाम । धनुषा जिल्लाको मुखियापट्टी मुसरनीया वडा नंं ४ तुलसीयाहीमा रहेको वैद्यनाथ देव जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा ९८ वर्षकी महिलाले मतदान गर्नुभएको छ ।

सोही वडाका कविन्द्र नाथ ठाकुरका आमा वर्ष ९८ की इन्दिरादेवी ठाकुरले मतदान गर्नुभएको हो । ७० वर्षदेखि मतदान गर्दै आउनुभएकी ठाकुर आफैँ पुगेर मतदान गर्नुभएको छोरा कविन्द्र ठाकुरले बताउनुभयो ।

ठाकुरले आफूले पञ्चायत कालदेखि नै मतदान गर्दै आएको बताउँदै अहिले गणतन्त्रमा आएर पनि मतदान गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

यसैगरी, जनकपुरधामको वडा नंं ११ का वर्ष १०५ का मनक दासले जनकपुरधामको वडा नंं ११ मा रहेको लक्ष्मण अखणमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको उहाँका नाति विक्रम दासले जानकारी दिनुभएको छ ।

नागरिकता अनुसार उहाँको उमेर ९६ वर्षको भए पनि वास्तविक उमेर १०५ वर्ष रहेको बताइएको छ । दलित भएका कारणले नागरिकता बनाउँदा उमेर घटाएर बनाइदिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button