तपाईँ सुन्दै हुनुहुन्छः

संविधानसभा अध्यक्ष नेम्बाङद्वारा मतदान 

इलाम । नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले संविधान जारी भएर दोस्रो पटक भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भइरहनुले देशलाई राम्रो निष्कर्षमा पुर्‍याउने विश्वास लिएको बताउनु भएको छ 

इलाम क्षेत्र २ प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेम्बाङले आज इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्र ‘ग’मा मतदान गर्नु भयो । मतदान पछि गरेपछि पत्रकारहरूसँग कुरा गर्दै नेम्वाङले देश ठिक दिशातर्फ अघि बढिरहेको बताउनु भएको छ । 

समयमै निर्वाचन हुनु देशमा संविधान कार्यान्वयनको राम्रो आधार तयार भएको र नेपाली जनता अधिकार सम्पन्न भएको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button