तपाईँ सुन्दै हुनुहुन्छः

रेशम चौधरीद्वारा मतदान

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेलबाटै मतदान गर्नुभएको छ ।

डिल्लीबजारस्थित कारागारबाट चौधरीले समानुपातिकतर्फ मतदान गर्नुभएको हो । निर्वाचन आयोगले कैदीबन्दीहरुलाई कारागारबाटै समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

जेलबाटै मतदान गरेका चौधरीले आम जनसमुदायलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वानसमेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button