तपाईँ सुन्दै हुनुहुन्छः

मतदानस्थल अपाङ्गमैत्री नभएको गुनासो

पर्वत।पर्वतको कुस्मा नगरपालिका वार्ड नं. ९ को श्री सार्वजनिक माध्यमिक बिधालयमा रहेको मतदानस्थल अपाङ्ग मैत्री नभएको गुनासो आएछ। यो मतदानस्थलमा “क” र “ख” गरि दुई केन्द्र रहेका छन् ।

दुई केन्द्र भए पनि सोही ठाउका एक अपाङ्ग मतदाता नवीन अधिकारीले “क” केन्द्र बाट मतदान गरे पश्चात् आफुलाई मतदान गर्न असहज भएको बताएका हुन् ।

३४ बर्सिय अधिकारी भन्छन,”अहिले मदतान स्थल नबनाएर हो कि के हो । सहयोग त पाइयो तर त्यति सहज भएन ।” अधिकारीले मतदान गरेको केन्द्रका कर्मचारी प्रविन पोख्रेल भन्छन् , ” यहाँको ठाउँनै अलि नमिलेको हुनाले उहाँ जस्ता मतदातालाई अलि असहज हुन पुग्यो। तर उहाँलाई सहयोग गरेर मतदान गर्न पाउने अधिकारको सुनिश्चित गरियो ।”

यहाँ जम्मा १९६० मतदाता रहेका छन् । यो मतदान स्थलमा १०:३० मिनेट जादा सम्म जम्मा २४९ भोट खसेको मतदान अधिकृत शिला श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button